नियम ८
संस्था दर्ताको प्रमाणपत्र दिने
(१) नियम ७ बमोजिम संस्था दर्ताको लागि निवेदन परेमा रजिष्ट्रारले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्दा त्यस्तो संस्था दर्ता गर्न मिल्ने देखिएमा निवेदन परेको नब्बे दिनभित्र पाँच हजार रुपैंया दस्तुर लिई निवेदकलाई अनुसूची– ४ बमोजिमको ढाँचामा संस्था दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा निवेदकको नाममा त्यस्तो संस्था दर्ता गर्न मिल्ने नदेखिएमा रजिष्ट्रारले त्यसको कारण खुलाई सात दिनभित्र निवेदकलाई जानकारी दिनु पर्नेछ ।